अभिनेता केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ मा अभिनेता आर्यन सिग्देलको विशेष रहने भएको छ।
फाल्गुनको पहिलो हप्ता देखि छायाङ्कन सुरु हुने यो फिल्ममा आर्यनको पनि महत्त्वपूर्ण भूमिका रहने निर्माण पक्षले जनाएका छन्।
‘ऋषि लामिछाने’ को निर्देशन रहेको फिल्ममा बर्सा सिवाकोटी, शिशिर बाङदेल, मिस पबी लगायत कलाकारहरुको अभिनय रहने छ।
मुनाल घिमिरे निर्माता रहेको यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ भने दीपक शर्माको संगीत रहने छ।