भारतीय चर्चित र्यापर बादशाहसँग नेपाली गायिका प्रजिनाको सहकार्य।

भारतीय स्टार र्यापर बादशाहले तेस्रो स्टुडियो एल्बमको रुपमा ‘एक था राजा’ को घोषणा गरेका छन्, जुन सोमबार रिलिज हुँदैछ। यो एल्बमका लागि बादशाहले चर्चित भारतीय र्‍यापरहरु रफ्तार, कृष्ण कौल (Kr$na), आस्था गिल, एमसी स्टान, डिनो जेम्स, ईक्का, गायक अरिजित सिंह, डान्सर नोरा फतेही लगायतसँग सहकार्य गरेका छन् । । यो एल्बममा १६ गीतको लाइनअप तयार छ।

जसमा ‘यो सहर’ गीतबाट  एकाएक चर्चा बटुल्न सफल भएकी  नेपाली गाईका “प्रजिना”को पनि यो एल्बममा नाम आएको छ। “प्रजिनाले” आफ्नो सामाजिक सञ्जालबाट बादशाहको पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएकी छन्।

सेयर गर्नुहोस्