चैत्र १ गते, म्यूजिकल सर्ट फ्लिम “समय र उमेर”को भिडियो केही दिन अगाडि सार्वजनिक भएको छ। बिहीबार काठमाण्डौको नयाँ बानेश्वरमा स्थित फ्लिम स्कूल “एभरेस्ट फ्लिम एकेडेमी” मा एक कार्यक्रमको आयोजना गरि “भिष्म जोशी”को निर्देशनमा बनेको यो म्युजिक भिडियो सार्वजनिक गरिएको हो।





म्यूजिक भिडियोमा भिष्मसहित रिश्ता बस्नेत(अधिकारी), नेहा शाही र रविन्द्र थापाको अभिनय रहेको छ। जोशीकै शब्द रहेको गीतमा सुविन सेञ्चुरी र समिक्षा दाहालको स्वर छ। सागर संसार राईले मिक्सीङ गरेको गीतमा गायक सेञ्चुरीले नै संगीत भरेका छन्।