टाइम म्यागजिनको टप १०० प्रतिभाशाली व्यक्तिको सूचीमा आलिया भट्ट।

टाइम म्यागजिनले २०२४ का लागि संसारका टप १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । अमेरिकी गायिका दुआ लिपादेखि भारतीय अभिनेत्री आलिया भट्टसम्म परेका छन्। आलियालाई विश्वकै शीर्ष अभिनेत्री मध्ये एक रहेको र हिन्दी सिनेमा उनले १ दशक देखि सराहनीय काम गरिरहेको प्रोफाइलमा उल्लेख गरेको छ।

आलियाको इमान्दारिता र असल स्वाभावको तारिफ गर्दै म्यागजिनका टम हार्परले आलिया व्यवसायमा समेत सक्रिय रहेको उल्लेख गरेका छन्। “टम जो” संग आलियाले पहिलो हलिउड फ्लिम “हार्ट अफ स्टोन”मा सँगै गरेकी थिईन।

तीन पटक ग्रामी जितिसकेकी अमेरिकी गाईका ‘दुआ लिपा’ पनि यो सूचीमा परेकी छन्। सँगै भारतीय मूलका बेलायती अभिनेता ‘देव पटेल’ पनि सूचीमा परेका छन्। उनी ओस्कार जित्ने भारतीय फ्लिम “स्लमडग मिलिनियर” का अभिनेता पनि हुन। 

सेयर गर्नुहोस्