फिल्म ‘जेरी अनटप’मा मुख्य कलाकारको लाइन आप सकिएको छ। फिल्मको शीर्षमध्येको भूमिकामा आँचल शर्मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता र आँचलबीच लिखित सम्झौता भएको छ ।
फिल्ममा अनमोल केसी र आना शर्मा तय भइसकेका छन्। आँचल र अनमोलबीच पहिलोपटक सहकार्य हुनेछ । शीर्षमध्येको भूमिकामा आँचल जोडिएको बताए निर्माण पक्षले जानकारी दिएका छन्।
असार ६ गतेदेखि काठमाडौं, लुक्ला र मुस्ताङमा छायांकन सुरु हुने फिल्मको निर्देशकमा ‘फर्की फर्की’ फेम्ड सुयोग गुरुङ छन्।
फिल्मको निर्माणमा सरोज न्यौपाने र दीपक भण्डारीले सहकार्य गर्दैछन् । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।