निर्देशक ‘एट्ली’ ले सलमान खान र रजनीकान्तलाई एकसाथ एउटै फिल्ममा ल्याउने ।

साउथ निर्देशक ‘एट्ली’ इतिहासमै पहिलोपटक दुई सुपरस्टार जोडीलाई एकसाथ एउटै फिल्ममा ल्याउने तयारीमा रहेका छन् । भारतीय मिडिया बलिउड हंगामाले साउथ सुपरस्टार रजनीकान्त र बलिउड सुपरस्टार सलमान खानले एट्लीको फिल्ममा काम गर्ने योजना बनिरहेको जानकारी दिएका छन ।

सलमान अहिले ‘सिकन्दर’को छायांकनमा व्यस्त छन् भने रजनीकान्त ‘कुली’मा काम गर्दैछन् । यी दुवै फिल्मको काम सकिएपछि एट्लीले आफ्नो फिल्म सुरु गर्ने जानकारी दिएका छन्।

नाम अझै फाइनल नभैसकेको यस फिल्मलाई सन पिक्चर्सले निर्माण गर्नेछ । फिल्म २०२४ को अन्त्यसम्ममा छायांकनमा लैजाने एट्लीको तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *