शुक्रबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा कमेडी फिल्म ‘लाज शरणम्’ को घोषणा गरिएको हो ।
फिल्मलाई कुमार कट्टेलले लेखन तथा निर्देशन गर्ने छन् भने नवीन श्रेष्ठ निर्माता अनि रमेश नरेश शाह सह निर्माताको रूपमा रहेका छन् ।
सुदीप बरालको छायांकन रहेको यस फिल्ममा अर्जुन घिमिरे, कमलमणि नेपाल, विजय बराल, सागर लम्साल, माला लिम्बु, मुकुन्द श्रेष्ठ लगायत कलाकारहरुको मुख्य भुमिका रहने छ ।
आयोजित कार्यक्रममा कलाकार हरिवंश आचार्य, निर्देशक प्रदीप भट्टराई, दीपाश्री निरौलाले बधाई दिएका थिए। फिल्मलाई फाल्गुन १४ गते प्रदर्शन गर्ने तयारी गरेको निर्माण पक्षले जानकारी दिएका छन्।