हिजोबाट चलचित्र “बेहुली फ्रम मेघौली”को चितवनमा शूटिंग सुरु भएको छ । चितवनको मेघौलीमा एक महिना सम्म फिल्म खिचिनेछ।
यो फिल्म लाई नायिका स्वस्तिमा खड्काले निर्माण गर्दैछिन् । उनीसँगै उनका श्रीमान निश्चल बस्नेतले निर्माणमा सहकार्य गर्दैछन् । फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे। साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार हुने फिल्ममा स्वस्तिमा र निश्चल मुख्य भूमिकामा छन् ।विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारको पनि अभिनय छ ।
फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।