फिल्म ‘ह्रस्व दीर्घ’ को पहिलो ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नीता ढुंगाना र हरिहर अधिकारीलाई मूख्य भूमिकामा देख्न सकिन्छ । गीतमा दुर्गेश थापाको सङ्गीत, शब्द र एरेञ्ज रहेको छ भने गायनमा उनले सदिच्छा कट्टेललाई साथ दिएका छन् ।
निता फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’ को कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा तथा संवाद प्रतीक पौडेल र निर्देशन चन्द्र पन्तले गरेका हुन । फिल्मको छायाङ्कन बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले गरेका छन् । चन्द्र पन्तले पहिलो पटक नेपाली फिल्म निर्देशन गरेका हुन् यद्यपि उनले यसअघि केही भोजपुरी फिल्मको निर्देशन र धेरै नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।
निता ढुङ्गानाको लगानीमा बनेको यस फिल्ममा हरिहर अधिकारी र निता ढुङ्गाना सँगै ब्रह्मानन्दम, अली, कबिर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
असोज ३ गते संविधान दिवसको दिन प्रदर्शनमा आउने यो फिल्म नेपालीसँगै तेलुगु, र हिन्दी गरी तीन भाषामा प्रदर्शन हुने भएको छ।