चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जना चलचित्रकर्मीले आवेदन।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जना चलचित्रकर्मीले आवेदन दिएका छन् । अध्यक्ष पदका  लागि दिनेश डीसी, करिश्मा मानन्धर, राजेश थापा, दीपा बस्नेत, प्रकाश भट्टराई र अर्जुन कुमार डंगोलले आवेदन दिएका हुन् ।

६ जना कलाकर्मीसँग संचार मन्त्रालयलको विज्ञ टोलीले अन्तरवार्ता गर्नेछ र ३ जना कलाकर्मीको नाम मन्त्रीपरिषद्लाइ सिफारिश गरिनेछ । मन्त्रिपरिषद्को निर्णय अनुसार एक जना चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनेछन् । आवेदन दिने समय भने बुधबार सकिएको छ ।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *