‘एक्लो’ को उपल्लो मुस्ताङमा छायांकन सुरु ।

विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को टिम अहिले उपल्लो मुस्ताङमा छन् । एक साताअघि काठमाण्डौ स्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गरेर ललितपुरमा केही दृश्य खिचेर निर्माण टिम मुस्ताङ पुगेका हुन ।

यो फिल्मको मुस्ताङमा ३५ दिन सम्म छायांकन हुने भएको छ । छायांकनमा लागि लोमान्थाङमा ५० लाख मूल्यको सेट तयार पारिएको निर्माण पक्षले जानकारी दिएका छन् ।

फिल्म सेटबाट केही तस्बिरहरु प्राप्त भएका छन् । तस्बिरमा सेट निर्माणको टिम सेट बनाइरहेका छन् भने निर्देशक दीपेन्द्र शाही, डिओपी बाबु श्रेष्ठ र बेलायती अभिनेता जेमी बिकेनलाई सेटमा देख्न सकिन्छ। बिकेन फिल्मका सह निर्माता पनि हुन् ।

अहिले फिल्मको छायांकन लोमन्थाङमा भइरहेको छ भने अब छुसेल, छुसाङ, कागबेनी, जोमसोम, लगायत ठाउँहरूमा पनि छायांकन हुनेछ ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, सुरज सिंह ठकुरी, कविता नेपाली, ऋचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद कुमार सुवेदी, श्रिशेष श्रेष्ठ, बेलायती अभिनेता जेमी बिकेन, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत कलाकारहरुको अभिनय रहेको छ।

बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्मका निर्माता राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव बिष्ट, भाइराजा थापा, नवीन सिवा, बागविर पुन हुन भने विनोद सुवेदी क्षितिज कार्यकारी निर्माता हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *