यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ मा ‘जारी’ फिल्म सर्वोउत्कृष्ट फिल्म घोषित भएको छ । प्रसाद २ बाट केकी अधिकारी उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् भने फर्की फर्की फिल्मबाट अनमोल केसी उत्कृष्ट अभिनेता घोषित भएका छन् ।
‘पुजार सार्की’ फिल्मबाट प्रदीप खड्काले वेष्ट एक्टर (जुरी) पाएका छन् । ‘फर्की फर्की’ फिल्मबाट जसिता गुरुङले पब्लिक च्वाइस फिमेल अवार्ड पाइन् भने ‘पुजार सार्की’ बाट पब्लिक च्वाइस अवार्ड मेल पल शाहले पाएका छन्।
बोक्सीको घर फिल्मबाट वेष्ट एक्ट्रेस (जुरी) सुपला सापकोटा र ‘जारी’ फिल्मबाट पपुलर एक्टर अफ द इयर अवार्ड दयाहाङ राईले पाएका हुन । ‘दिमाग खराव’ बाट आकाश बरालले सर्वोत्कृष्ट कथा-पटकथाको अवार्ड पाएका छन् ।
‘प्रसाद २’ बाट राजेश श्रेष्ठले सर्वोत्कृष्ट छांयाकार पाएका छन् । कालिप्रसाद बास्कोटाले चरी बस्यो (जारी) बाट सर्वोत्कृष्ट पाश्र्वगायक पाए सँगै ‘बोक्सीको घर’ (बुझिन मैले) बाट समीक्षा अधिकारी सर्वोत्कृष्ट पाश्र्वगायिका भएकी छन् । सर्वोत्कृष्ट नृत्य अवार्ड निर्देशक ‘पुजार सार्की’ बाट शिशिर खत्री (दर्शन गरें) ले पाए । इन्करेजमेन्ट अवार्ड फिल्म ‘लन्डन टु पेरिस’ बाट नायिका गरिमा शर्माले पाइन् ।