भारतीय अभिनेता ‘प्रदीप रावत’ नेपाल आइपुगे।

 भारतीय अभिनेता प्रदीप रावत र दक्षिण भारतीय अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को प्रवर्द्धनको लागि आइतबार बेलुका नेपाल आइपुगेका छन्।

काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई  फिल्म युनिटले स्वागत गरे । विमानस्थलमा मिडियासँग कुरा गर्दै रावतले आफ्नो अभिनय रहेको फिल्मले नेपालमा राम्रो पर्फमेन्स गरेको कुरामा आफू खुसी भएको बताए ।

कमलपोखरीस्थित बिग मूभिज पुगेर  ‘ह्रस्व दीर्घ’ हेरिरहेका दर्शकसँग भेटेका हुन् । शुक्रबारदेखि प्रदर्शन भएको यो फिल्ममा प्रदिप  रावतले नीताको बुवाको चरित्रमा अभिनय गरेका छन् । फिल्मले अहिले सम्म २ करोड माथिको ब्यापार गरेको आंकलन गरिएको छ। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *