‘दिपेन्द्र के खनाल’ को निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ खलपात्रमा गायक तथा अभिनेता मुरलीधरलाई अनुबन्धित गरेको छ । निर्माण पक्षले अर्का अभिनेता ‘दिव्य देव’ लाइ पनि अनुबन्धित गरेको छ।
हरिवंश आचार्यको चर्चित पात्र हरिबहादुरमाथि आधारित रहेर निर्माण हुन लागेको यो फिल्ममा हरिवंशसहित प्रकाश सपुत, स्वस्तिमा खड्का र प्रियंका कार्की पनि अनुबन्धित भइसकेका छन्।
सरोज ओलोको लगानीमा तयार हिने यो फिल्म माघको दोस्रो सातादेखि काभ्रेबाट फिल्मको छायांकन सुरु हुने निर्माण पक्षले जनाएका छन्। फिल्मको पटकथा र संवाद हरिवंशकै छ । एसएम मोसन पिक्चर्स प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।