चर्चित बलिउड निर्देशक कबीर खानले ललितपुरमा फिल्म निर्देशनको कार्यशाला सञ्चालन गर्दै।

चर्चित बलिउड निर्देशक कबीर खानले ललितपुरमा आयोजना हुने ‘फिल्म साउथ एसिया’ मा फिल्म निर्देशनको कार्यशाला सञ्चालन गर्ने भएका छन् । ललितपुरको यलमाया केन्द्रमा  मंसिर ६ देखि ९ गते सम्म  महोत्सव हुँदैछ ।

महोत्सवको ओपनिङ फिल्मको रुपमा भुटानी डकुमेन्ट्री ‘एजेन्ट अफ ह्यापिनेस’ रहने छ भने  क्लोजिङ फिल्मको रुपमा सौनक सेनको ‘अल द्याट ब्रिथ्स’ रहेको छ। 

यसअघि विभिन्न नेपाली महोत्सवमा प्रदर्शनमा आइसकेका छोटो नेपाली पनि दर्शकले फिल्म साउथ एसियामा हेर्न पाउनेछन् ।

खानले ‘चन्दु च्याम्पियन’, ‘फ्यान्टम’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘काबुल एक्सप्रेस’, ८३’ जस्ता चर्चित फिल्महरुको निर्देशन गरेका छन्। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *