“राजागञ्ज”ले जित्यो अन्तराष्ट्रिय पुरस्कार।

दीपक रौनियार निर्देशित “राजागञ्ज – द स्काई इज माइन”ले ४५ हजार युरो अन्तराष्ट्रिय फन्ड जितेको छ। अन्तर्राष्ट्रिय इमर्जिङ फिल्ममेकरलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्था “टोरिनो फिल्म ल्याब” बाट यो फिल्मले उक्त रकम अडिएन्स डिजाइन फन्ड अवार्ड जितेको हो। 

“राजागञ्ज” सँगै भारतीय निर्देशक पायल कपडियाको “अल वी इम्याजिन एज अ लाइट” र इजिप्टका निर्देशक ‘नदा रियाद’ तथा ‘आयमन अल आमिर’ को फिल्म ‘द ब्रींक अफ ड्रिम्स’ले पनि यो पुरस्कार जितेका छन् ।

 “राजागञ्ज”ले यसअघि “नर्वेजियन फिल्म इन्स्टिच्युट”को सोर्फोन्डबाट ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) जितिसकेको छ।  रौनियार, डेभिड बार्कर र आशा मगरातीद्वारा लिखित, ‘द स्काई इज माइन’ले दक्षिण एसियामा जातीय प्रथाको कथा पेश गरेको छ,जहाँ छालाको रङलाई लिएर विभेद गरिन्छ।

मगरातीसहित रामबाबु गुरुङ र एलन आर मिलिगनको निर्माणमा बनेको फिल्म मा दयाहाङ्ग राई,निकिता चण्डक, आशा मग्राती लगायत कलाकारहरुको अभिनय रहेको छ। आदि फिल्म्स, बाँसुरी फिल्म्स र नर्वेको तनहाउज गेटको ब्यानरमा फिल्म बनेको हो । 

सेयर गर्नुहोस्