जेठ १० गतेबाट प्रदर्शनमा आउने लागेको फिल्म ‘पुजार सार्की’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ। फिल्म प्रदर्शनको चार दिन अगाडि नै बुकिङ खुल्ला गरिएको निर्माण पक्षले जानकारी दिएका छन्।
निर्देशक दिनेश राउतको निर्देशनमा बनेको यो फिल्ममा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको छ। नेपालसँगै नेपालीहरुको बसोबास रहेका विश्वका धेरै देशहरूमा फिल्म एकसाथ प्रदर्शन हुनेछ।
किङडम नेटवर्कको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बुको पनि प्रमुख भूमिकामा गरेका छन्।
मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शकंर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारहरुको पनि अभिनय छ। फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ।