EFA Admission Open

‘रावायण’ को शुटिङ मा पल शाह घाइते।

फिल्म ‘रावायण’का लागि एक्सन दृश्यको छायांकनका क्रममा पल शाह घाइते भएका छन् । उनको हातमा चोट लागेको छ । उनलाई सर्लाहीको एक अस्पतालमा उपचार गराइएको निर्माणपक्षले बताएको छ।

 फिल्ममा एक्सन गर्ने क्रममा पलको हात भिलेन पात्रको दातमा ठोक्किएको थियो । फिल्ममा भिलेनको भूमिका निर्वाह गरिरहेका कलाकारको पनि दात हल्लिएको छ। 

सुदर्शन थापाको निर्देशनमा बनिरहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, सौरभ लामाको छायांकन रहेको छ। फिल्मलाई भदौको २१ गतेबाट रिलिज गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *