फिल्म ‘जेरीः अन टप’को यतिबेला वर्कशप हुँदैछ । जापानबाट फर्किएपछि अनमोल केसी पनि फिल्मको वर्कशपमा जुटेका हुन् । यो फिल्ममा अनमोल केसी र आँचल शर्माले पहिलो पटक काम गर्दैछन् ।
फिल्ममा आना शर्मा पनि मुख्य भूमिकामा छिन् । तर, आना फिल्म ‘एक्टर’को छायांकनमा व्यस्त भएकाले वर्कशपमा जोडिएकी छैनन।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई यही बर्ष नै रिलिज गर्ने तयारी निर्माणपक्षको छ । यस फिल्मको निर्देशन सुयोग गुरुङ हुन ।