नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७ औँ संस्करण सुरु भएको छ।

नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७ औँ संस्करण सुरु भएको छ। एएफआई सिल्भर थिएटर हलमा ओपनिङ फिल्मको रूपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को स्क्रिनिङसँगै सुरु भएको महोत्सवको  सुरुवात भएको हो।

मेरिल्यान्डमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका फिचर, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ फिल्महरू स्क्रिनिङ हुनेछन्। महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो। महोत्सवमा सहभागी हुन नेपाल, जर्मनीसहित मुलुकका फिल्ममेकर भेला भएका छन्।

नेपाल, श्रीलङ्का, बङ्गलादेश, भुटान र मालदिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री अफरिन अख्तरले महोत्सवको उद्घाटन गरेकी हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *