राजेन्द्र लिङदेनले ‘पुजार सार्की’ विभेद अन्त्यको नाममा देशलाई द्वन्द्वमा लैजानेहरूलाई हेर्न आग्रह गरेका छन्।

शुक्रवार फिल्म “पुजार सार्की” हेरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यो फिल्म विभेद अन्त्यको नाममा देशलाई द्वन्द्वमा लैजानेहरूलाई हेर्न आग्रह गरेका छन्। 

यो फिल्म शिक्षामूलक भएकोले सबैले हेर्नुपर्ने बताए। “अघिल्लो पुस्ता र आफ्नो पुस्तासम्मले देखेको सामाजिक विभेदलाई यो फिल्मले महसुस गराउँछ र हामीले कसरी सुधार गर्नुपर्दछ भन्ने देखाउँछ।

गत जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’ सफलतापूर्वक चौथो हप्तामा प्रदर्शन भइरहेको छ। सुवास भुसालको निर्माण र दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा  आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायत कलाकारहरुको अभिनय रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *